खेलकुद

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

इकागज |
भदौ ३१, २०८१ सोमबार १६:४४ बजे

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो ।

मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स होल्डर भएको, ५ देखि १० वर्षको प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । एन्फाले योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिन सक्ने उल्लेख गरेको छ ।


एन्फाले हालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो । 


Author

थप समाचार
x