खेलकुद

करातेको २०औं संस्करणमा सहभागी हुने नेपाली टोलीको बिदाइ

इकागज |
भदौ ३१, २०८१ सोमबार २०:११ बजे

काठमाडौँ - एसियाली सिनियर करातेको २० औं संस्करणमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ ।

हाङझावमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बिदाइ गरे ।


सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।​

प्रतियोगिता सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यही प्रतियोगितामा ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दैछ ।

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन् । प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

 


Author

थप समाचार
x