खेलकुद

स्टयाग गोल्बल च्याम्पियन्स लिग- सिजन टु हुँदै

इकागज |
असोज ६, २०८१ आइतबार ११:२१ बजे

काठमाडौँ- “स्टयाग गोल्बल च्याम्पियन्स लिग- सिजन टु” हुने भएको छ । असोज ७ देखि १२ गतेसम्म प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्टयाग गोल्बल रहेको छ ।

जसले प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि सम्पूर्ण सामग्रीहरू प्रदान गर्नेछ । सह–प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष श्री सुमन खड्गी​ र मेटल सेपर रहेको छ । जसले प्रतियोगिताको कुल अनुमानित बजेटको २० प्रतिशत रकम (तीन लाख एकान्नब्बे हजार रुपैंया) प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


साथै मेटल सेपरले प्रतियोगिताको रनिङ्ग ट्रफी समेत प्रदान गर्नेछ । हस्पिटालिटि पार्टनरमा नेपाली घर होटल, ठमेल रहेको छ जसले प्रतियोगितामा सहभागी सम्पूर्ण विदेशी खेलाडीहरुको खानपिन र बसोबासको व्यवस्थापन गर्नेछ । ब्रोडकास्टिंग पार्टनरको रुपमा एक्सन स्पोर्टस एच डि ज्ञ र स्ट्रीम लीग रहेको छ भने इंटरनेट पार्टनरको रुपमा डिश होम इंटरनेट रहेको छ ।

छ दिन सम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा दुई विभागीय टोली (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) सहित ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरि जम्मा ७ टिमले सहभागिता जनाउने छन् ।

लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित नेपाल प्रहरी र यल टेबल टेनिसले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरेका छन्।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५५ हजार रुपैंया रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. दुई लाख रुपैयाँ सहित रनिङ्ग ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने ।  द्वितीय हुने टिमले नगद रु. एक लाख

रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन्र तृतीय हुने (दुवै सेमी–फाइनलिष्ट) टिमले नगद रु. पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन्।

 


Author

थप समाचार
x