खेलकुद

लिभरपुल काराबाओ कपको अर्को चरणमा

इकागज |
असोज १०, २०८१ बिहीबार ८:११ बजे

काठमाडौँ- लिभरपुल इएफएल कपको अर्को चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै इएफएल (काराबाओ कप)को अर्को चरणमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा र कोडी गाक्पोले २-२ गोल गरेका थिए भएन मोहमद सलाहले एक गोल गरेका थिए ।


त्यस्तै वेस्टह्यामका लागि एक गोल लिभरपुलका जरेल एमोरिनले आत्मघाती गोल गरेका थिए । त्यस्तै यस खेलको ७६औं मिनेटमा वेस्टह्यामका एडसन अल्भारेजले रातो कार्ड पाएका थिए ।

अब लिभरपुलले इएफएलको अर्को चरणमा ब्राइटनको सामना गर्ने छ । त्यस्तै हारसँगै वेस्ट ह्यामभने प्रतियोगिताबाट बाहिरिएको छ ।


Author

थप समाचार
x