खेलकुद

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित

इकागज |
असोज १५, २०८१ मंगलबार १९:५२ बजे

काठमाडौँ - जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ को सेटमा पराजित गरेको हो ।


खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको भएपनि कर्णालीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट २५-२२ र २५-१७ ले जितेको थियो । त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५-१९ ले जितेर २-२ को बराबरी गर्यो । त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५-११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो ।

यो कर्णालीको लगातार दोस्रो जित हो भने गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ ।
   


Author

थप समाचार
x