खेलकुद

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित

इकागज |
असोज १७, २०८१ बिहीबार ८:५८ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले इटालियन क्लब बोलोग्नालाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको छ ।


लिभरपुलको जितमा एलेक्सिस म्याक अलिस्टर र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र लिभरपुलको २ खेलमा ६ अंक रहेको छ । त्यस्तै यो हारपछि बोलोग्नाको २ खेलमा एक अंक रहेको छ ।


Author

थप समाचार
x