खेलकुद

महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो

इकागज |
असोज १७, २०८१ बिहीबार १८:१० बजे

काठमाडौँ - जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।​

बिहीबार सम्पन्न खेलमा काठमाडौँले मधेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।​


महिला सेटमा मधेश युनाइटेडसँग २५-१५ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेको थियो । काठमाडौँले दोस्रो सेट २५-२३ मा जितेको थियो भने तेस्रो सेट २५-१५ र चौथो सेट २५-१८ ले जितेको थियो ।

यो जितपछि काठमाडौँको ४ खेलमा ९ अंक भएको छ र फाइनलको सम्भावना प्रबल रहेको छ । त्यस्तै मधेश युनाइटेडले भने लगातार चार खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ ।

अब काठमाडौँले लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णाली यशविसको सामना गर्ने छ भने मधेशले गण्डकी थण्डर्सको सामना गर्ने छ ।
         


Author

थप समाचार
x