खेलकुद

पोग्वाको प्रतिबन्ध घट्यो, मार्चदेखि फुटबलमा फर्किन सक्ने

इकागज |
असोज १९, २०८१ शनिबार ९:२ बजे

काठमाडौँ- फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ ।

डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अपिल पछि १८ महिनामा घटाइएको हो । कोर्ट अफ आर्टिब्युसन फर स्पोर्ट्सले पोग्वाको प्रतिबन्ध पाँच वर्षबाट घटाएर १८ महिना मात्र गरेपछि उनलाई ठूलो राहत भएको छ ।


अब पोग्वा सन्‌ २०२५ को मार्चदेखि खेल्न पाउने भएका छन् । साथै उनी आगामी जनवरीदेखि नै प्रशिक्षण गर्न पाउने छन् ।

कोर्ट अफ आर्टिब्युसन फर स्पोर्ट्सले डोपिङको आरोपमा ३१ वर्षीय पोग्वालाई सन्‌ २०२३ को सेप्टेम्बरमा प्रतिबन्ध लगाएको थियो ।

फुटबलबाट सन्यासको संघारमा पुगेका सन्‌ २०१८ को विश्वकप विजेता पोग्वा अब प्रतिबन्ध कम भएसँगै फुटबलमा पुनरागमन गर्ने भएका छन् । उनले फ्रान्सबाट फेरि खेल्ने इच्छासहित सामाजिक सञ्‍जालमा फ्रान्सको राष्ट्रिय टिमको नाम र लोगो अंकित मोजा र बुट लगाएको तस्विर सामाजिक सञ्‍जालमा सार्वजनिक गरेका छन् ।

साथै पोग्वाको इटालियन क्लब युभेन्टसमा पोग्वाको अझै दुई बर्षको सम्झौता बाँकी रहेको छ ।   


Author

थप समाचार
x