खेलकुद

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

इकागज |
असोज १९, २०८१ शनिबार २१:३३ बजे

काठमाडौँ - एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।


खेलमा कर्णालीले सुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो ।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।
 


Author

थप समाचार
x