खेलकुद

काभा यु–२० च्याम्पियनसिपमा नेपाल विजयी

इकागज |
असोज २१, २०८१ सोमबार २२:१० बजे

फाइल फाेटाे

काठमाडौँ - सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्ककाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । 

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो ।


नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९–२५ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो ।

यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्‍यो । तर, खेलको  चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५–२५ ले पछि पर्‍यो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।

 यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।
रासस


Author

थप समाचार
x