युरोमा एमबाप्पेको प्रदर्शन कति खराब ? (तथ्यांकसहित)
काठमाडौँ: विश्वकप विजेता फ्रान्स महादेशिय प्रतियोगिताबाट चाँडै घर फर्किएको छ । पेनाल्टी सुटआउटमा सोमबार राति स्विटजरल्यान्डसँग हार व्यहोरेपछि फ्रान्सको युरो २०२० को यात्रा अन्तिम १६ मै अन्त्य भयो ।
रोमानियाको एरेना नेसनालामा भएको खेलको निर्धारित समयमा दुवै टिमले ३-३ गोल गरे । त्यपछि खेल आतरित्त समयतर्फ धकेलियो । तर थपिएको ३० मिनेटमा पनि विजेताको टुङ्गो लागेन । तसर्थ खेल पेनाल्टीमा गयो । अनि नतिजा गयो स्विटजरल्यान्डको पोल्टामा । पेनाल्टीमा फ्रान्सका लागि एक खेलाडीले गोल गरेनन् । ती थिए, किलियान एमबाप्पे ।
फ्रान्सका लागि पाँचौँ ‘पेनाल्टी टेकर’ रहेका एमबाप्पेको प्रहार स्विटजरल्यान्डका यान सोमरले रोके । खेलको दोस्रो हाफमा करिम बेन्जेमाले पहिलो गोल गर्दा असिस्ट दिएका एमबाप्पेको समग्र प्रदर्शन भने निरस रह्यो । २२ वर्षीय फरवार्डले स्विस टोलीविरुद्ध ६ पटक आक्रमण बुने पनि उनका सबै प्रहार पोस्टभन्दा बाहिर गए ।
एमबाप्पे ययसपटकको युरोमा कुल ३९० मिनेट मैदानमा रहे । उनले गोलको खाता खोल्न सकेनन् । अनि असिस्ट पनि एक पटक मात्रै गर्नसके । चार खेल खेल्दा उनको नाममा तीन ‘सट अन टार्गेट’ रह्यो । उनले सात पटक गोलको मौका सिर्जना गरे ।
अनि उनी बल पास गर्नमा पनि कमजोर सावित भए । पेरिस सेन्ट जर्मेन (पएिसजी)का आक्रमक खेलाडीले जम्मा ९६ पास खेले । त्यसमध्ये पनि ८६ पास मात्रै सफल भए । उनको १९ पास विपक्षीको क्षेत्रतर्फ लक्षित थियो भने बाँकी पास मिडफिल्डमा दायाँ र बायाँ रहेका साथी खेलाडीतर्फ । एमबाप्पेले कुल ६२ पटक बल पनि गुमाए ।
तथ्यांकमा एमबाप्पे
खेल ४
गोल ०
असिस्ट १
बल टच १८३
बल गुमाएको ६२ पटक
कुल सट १२
सट अफ टार्गेट ९
गोलको मौका सिर्जना ७
कुल पास ९६
सफल पास ८४
तथ्यांक स्रोत ओप्टा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया