Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

खेलकुद

माल्दिभ्सविरुद्ध भुटानको १३ गोल

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १६:४ बजे

सांकेतिक फोटो

काठमाडौँ - भुटानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा माल्दिभ्सविरुद्ध गोलको बर्षा गरेको छ ।​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् । 


जितसँगै भुटान समूह बी को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भुटानको ३ खेलमा ७ अंक भएको छ र सेमिफाइनलको स्थान पक्का गरेको छ ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । सो खेल साँझ साढे ५ बजेदेखि सुरु हुँदैछ । अब नेपाल सेमिफाइनलमा पुग्न कम्तीमा बराबरी खेले पुग्छ भने समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने भएको छ ।


 


Author

थप समाचार
x