खेलकुद

कुशल र ज्ञानेन्द्रको वरियतामा सुधार

इकागज |
असार १६, २०७८ बुधबार २१:० बजे

काठमाडौँ  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो वरियतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए ।  

आइसिसीले जारी गरेको वरियतामा नेपालबाट  भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । वरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छन् । पछिल्लो वरियतामा खड्का ८८औँ स्थानमा छन्। यस्तै लामिछाने ७६औँ स्थानमा छन् । नयाँ वरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ । (रासस)
 



Author

थप समाचार
x