खेलकुद

अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एशिया कपको उपाधि

इकागज |
कात्तिक १२, २०८१ सोमबार ७:१३ बजे

काठमाडौँ - अफगानिस्तानले इमर्जिंग टिम्स एशिया कपको उपाधि जितेको छ । ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो ।

शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।



Author

थप समाचार
x