खेलकुद

पाकिस्तानका प्रशिक्षक ग्यारी किर्स्टेनको राजीनामा

इकागज |
कात्तिक १२, २०८१ सोमबार १२:१८ बजे

पाकिस्तानका ह्वाइट बल क्रिकेट प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएका छन् ।

ग्यारी २०२४ को अप्रिलमा दुई बर्षका लागि पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय र टी-२० क्रिकेटको प्रशिक्षक नियुक्त भएका थिए ।


प्रशिक्षक किर्स्टेन र पाकिस्तानको क्रिकेट बोर्डबीच खेलाडी छनौटको विषयमा विवाद भएको यस अघि चर्चा चलेको थियो ।

बोर्डले खेलाडी छनौटबाट प्रशिक्षकलाई टाढा राखेपछि ग्यारी असन्तुष्टि थिए ।

५६ बर्षिय दक्षिण अफ्रिकाका पुर्व खेलाडी ग्यारीले यस अघि दक्षिण अफ्रीका र भारतीय राष्ट्रिय टिममा प्रशिक्षकको भूमिका निभाईसकेका अनुभवी प्रशिक्षक हुन् । उनले भारतलाई २०११ को विश्वकप जिताएका थिए ।


Author

थप समाचार
x