म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेनलाई प्रशिक्षक बनाउँदै
काठमाडौँ- म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ ।
मिडिया रिपोर्टका अनुसार हाल पोर्चुगलको स्पोर्टिङ सिपीका प्रशिक्षक रहेका ३९ वर्षीय रुबेनलाई आफ्नो मुख्य प्रशिक्षक बनाउन म्यानचेस्टर युनाइटेड सहमत भएको छ ।
क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो ।
रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिङसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिर्न सहमत भएको बताइएको छ । रुबेनले पनि म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ ।
२०२० को मार्च देखि स्पोर्टिङको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिङलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् ।
रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३-४-३ फर्म्याटमा खेलाउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया