जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट क्रिकेट हुने
काठमाडौँ- जिम्बाबे र अफगानिस्तानबीच २ टेस्टको टेस्ट सिरिज हुने भएको छ । जिम्बाबेले ऐतिहासिक बक्सिङ डे टेस्ट क्रिकेट आयोजना गर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार जिम्बाबेले २८ वर्षपछि पहिलो पटक बक्सिङ डे टेस्ट क्रिकेट खेल्ने भएको छ । यस अघि १९९६ मा इङल्याण्डले जिम्बाबेमा बक्सिङ डे टेस्ट खेलेको थियो ।
टेस्ट क्रिकेटको इतिहासमा बक्सिङ डे टेस्टको बारेमा कैयौं भनाई रहेका छन् । अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा क्रिसमसपछि तुरन्तै डिसेम्बर २६ मा खेलिने टेस्टलाई बक्सिङ डे टेस्ट भनिएको पाइन्छ ।
त्यस्तै अर्को भनाई अनुसार सन् १८ सय तिर रानी भिक्टोरियाको समयमा गरिब ब्रिटिस नोकरहरुलाइ क्रिसमसको अवसरमा विशेष उपहार दिइने गरिन्थ्यो । यसलाई क्रिसमस बक्स भनिन्थ्यो । यो बक्स पाउने दिनलाई उनीहरुले बक्सिङ डे भनेर भन्ने गर्थे । त्यहीबाट यो दिनदेखि खेलिने टेस्ट क्रिकेट खेललाई बक्सिङ डे टेस्ट भन्न थालिएको पाइन्छ ।
अफगानिस्तानको जिम्बाबे टूरमा ३ टी-२०, ३ एकदिवसीय र २ टेस्ट खेल हुने छन् । डिसेम्बर ९, ११ र १२ मा टी-२० खेल हुने छन् भने डिसेम्बर १५, १७ र १९ मा एकदिवसीय खेल हुने छन् । त्यस्तै पहिलो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म हुने छ भने दोस्रो टेस्ट २ जनवरी, २०२५ देखि ६ जनवरीसम्म हुने भएको छ ।
जिम्बाबे र अफगानिस्तानबीच य्सघी २०२१ मा आबुधाबीमा २ टेस्ट भएको थियो । जसमा दुवैले एक एक खेल जितेका थिए । त्यस्तै दुवै देशबीच अहिलेसम्म २८ एकदिवसीय र १५ टी-२० खेल भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया