रोमेलु लुकाकुप्रति हाम्रो सम्मान छः इटालियन कप्तान किलिनी
काठमाडौँ: जारी युरो २०२० मा रोमेलु लुकाकुले बेल्जियमका लागि तीन गोल गरेका छन् । बेल्जियम क्वार्टरफाइनल पुग्दा लुकाकु उनकाे टिमकाे अग्रपंक्तिको केन्द्रविन्दु बनेका छन् । त्यसैले हुनसक्छ इटालीका खेलाडीहरू लुकाकुको लयप्रति सजग छन् ।
शुक्रबार राति म्युनिखको आलियान्ज ऐरेनामा हुने खेलमा बेल्जियमका तर्फबाट लुकाकु निर्णायक हुने सम्भावनालाई इटालीका खेलाडीहरुले नकारेका छैनन् । ‘लुकाकुको क्षमताबारेमा हामी बेखबर छैनौँ । गत सिजन इन्टर मिलानले सिरी ए जित्दा उनको प्रदर्शन बलियो थियो । त्यसकारण उनीप्रति हाम्रो सम्मान छ,’ इटालीका कप्तान जर्जियो किलिनीले भनेका छन्, ‘बेल्जियमलाई बलियो बनाउन लुकाकु बाहेक अन्य आक्रामक खेलाडीको पनि भूमिका उत्तिकै छ । जे होस् हामी बेल्जियमको सामना गर्न तयार छौँ ।,’
जारी युरोमा इटालीले आफूलाई अब्बल सावित गरेको छ । समूह चरणमा टर्की, स्विटजरल्यान्ड र वेल्ससँग रहेको इटालीले ती सबै टिमलाई हराएको थियो । अन्तिम १६ मा भने अस्ट्रियालाई हराउन इटालीले आतिरिक्त समयसम्म पर्खनु परेको थियो ।
उता बेल्जियम भने समूह बी को विजेता बन्दै प्रि–क्वार्टरफाइनल प्रवेश गरेको थियो । समूह चरणमा रोबर्टो मार्टिनेजको टिमले रुसलाई ३–० ले पराजित ग¥यो भने डेनमार्क र फिनल्यान्डमाथि क्रमशः २–१ र २–० को जित दर्ता गरेको थियो । अन्तिम १६ को ‘हेभिवेट’ भिडन्तमा बेल्जियमले पोर्चुगललाई १–० ले पन्छायो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया