युरो २०२०
स्पेन र स्वीट्जरल्यान्डबीच बराबरी, खेल अतिरिक्त समयमा धकेलियो
काठमाडौँ : युरो २०२० को पहिलो क्वाटरफाइनल अन्तर्गत स्पेन र स्वीटजरल्यान्डबीचको खेल बराबरी भएको छ । निर्धारित ९० मिनेटमा दुवै टिमले एक-एक गोल गरेपछि खेल बराबरीमा भएको हो ।
स्पेनले आत्मघाती गोल उपहार पाएर अग्रता लिएपनि त्यो जोगाउन सकेन । आठौँ मिनेटमा स्वीटजरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गर्दा स्पेनले अग्रता लिएको थियो । तर स्वीटजरल्यान्डका लागि कप्तान जार्दन शाकिरीले ६८ औँ मिनेटमा बराबरी गोल फर्काए । शाकिरीको गोलसँगै खेल बराबरीमा पुग्यो ।
तर ७७ औँ मिनेटमा रिमो फ्र्युलरले रेर्ड कार्ड खाएपछि स्वीटजरल्यान्ड १० खेलाडीमा सिमित भएको छ । तर पनि स्पेनले फाइदा उठाउन सकेन । निर्धारित समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ ।
अतिरिक्त समयमा १० खेलाडीमा सिमित स्वीट्जरल्यान्डमाथि स्पेन हावी हुने सम्भावना छ । यसअघि प्रिक्वार्टरफाइनलमा स्पेनले अतिरिक्त समयमै क्रोएसियालाई हराएको थियो । अतिरिक्त समयमा पनि बराबरी भएपछि स्वीट्जरल्यान्डले फ्रान्सलाई टाइब्रेकरमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया