युरो २०२० च्याम्पियनसिप
स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै सेमीफाइनलमा पुग्यो स्पेन
१२० मिनेटसम्म गोल नखाएका गोलकिपर निर्णायक समयमा चुक्दा...
काठमाडौँ : स्पेन युरो च्याम्पियनसिप २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको खेलमा स्वीटजरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै स्पेन सेमीफाइनलमा पुग्ने पहिलो टिम बनेको हो ।
निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा एक-एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा स्पेनले तीन गोल गर्दा स्वीटजरल्यान्डले एक गोल मात्रै गर्न सक्यो ।
१० खेलाडीमा सिमित भएको स्वीटजरल्यान्डले खेल अवधिभर उत्कृष्ट खेलेर पनि पेनाल्टीमा गोल गर्न चुकेको थियो । १२० मीनेटसम्म गोल गर्न नसकेको स्पेन पेनाल्टीबाट जित निकाल्दै सेमीफाइनल पुग्ने भाग्यमानी टिम बन्यो ।
खेल सुरु भएको आठौँ मिनेटमै स्वीटजरल्यान्डका डेनिस जाकारियाको आत्मघाती गोलबाट स्पेनले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता जोगाएको स्पेनले दोस्रो हाफमा बचाउन सकेन । ६८ औँ मिनेटमा स्वीटजरल्यान्डका लागि कप्तान जार्दन शाकिरीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर ७७ औँ मिनेटमा रिमो फ्रीउलरले रेर्ड कार्ड खाएर मैदान छाडेपछि स्वीटजरल्यान्डलाई गम्भीर धक्का लाग्यो । तर पनि उसले निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा स्पेनलाई गोल गर्न दिएन ।
स्वीटजरल्यान्डका गोलकिपर यान सोम्मरले उत्कृष्ट खेल प्रदर्शन गरे । तर उनै गोलकिपर सोम्मर पेनाल्टी रोक्न नसक्दा स्वीट्जरल्यान्ड युरोबाट बाहिरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया