खेलकुद

नेपाल ओलम्पिक कमिटीको सदस्यता नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी

इकागज |
मंसिर १६, २०८१ आइतबार १९:२९ बजे

काठमाडौँ - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएता पनि सदस्यता नदिएको भन्दै विभिन्न ६ संघले आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

नेपाल घोडचढी संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ, नेपाल बेसबल तथा सफ्ट बल संघ, नेपाल क्लाइबिङ स्पोर्टस संघ र नेपाल आइस हक्की संघले संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानुन अनुसार र राष्ट्रिय खेलकुद परिषद्को नियमानुसार आफ्नो नियमित गतिविधि गर्दै तथा अद्यावधिक निर्वाचन गरेका र अन्तर्राष्ट्रिय महासंघबाट मान्यता पाए पनि कमिटीले सदस्यता नदिएको भन्दै आन्दोल गर्ने चेतावनी दिएका हुन् ।


संघहरूले पटक पटक पूर्ण सदस्य बन्न योग्य रहेकाले सदस्यता दिन पत्राचार गर्दा पनि सदस्यता नदिएको नेपाल क्लाइबिङ स्पोर्टस् संघका अध्यक्ष रमेश पौडेलले बताए । 

सदस्यता नदिनुको कुनै आधार कारण पनि नदिने सदस्यता पनि नदिई स्थापनाको समयदेखि नै अनिर्णयको बन्दी बनाई राखिएको उनले बताए । 

संघहरूले ओलम्पिक कमिटीको आगामी साधारणसभामा सदस्यता दिनका लागि माग गर्दै सदस्यता नपाए थप रणनीतिका साथ अघि बढ्ने चेतावनी दिएका छन् ।

उनीहरूले नेपालको कानुन र अन्तरराष्ट्रिय ओलम्पिकको अधीनमा रहि नेपालको ओलम्पिक मुभमेन्टलाई थप मजबुत र व्यवस्थित बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

 


Author

थप समाचार
x