महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो
काठमाडौं - यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् ।
मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए ।
नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया