दशौँ राष्ट्रिय खेलकुदः तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप
फाइल फोटो
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी दर्ता गर्ने म्याद थप गरिएको छ। जिल्ला खेलकुद विकास समितिले आज सूचना प्रकाशित गरी विसं २०८१ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता गर्ने म्याद थप गरिएको हो।
यसअघि खेलाडी दर्ता फाराम भर्ने म्याद विसं २०८१ मङ्सिर ३० गतेसम्म कायम रहेकामा जिल्लाका विभिन्न प्रतिभावान खेलाडीको दर्ता गर्नबाट छुट भएको गुनासो आएपछि यही पुस १ गतेदेखि ९ गतेसम्म म्याद थप गरिएको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। फाराम नभर्ने खेलाडीले पालिका, जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन नपाउने अध्यक्ष पाण्डेले उल्लेख गरे।
कार्यालयले फुटबल, भलिबल, क्रिकेट, बाँस्केटबल, ब्याडमिन्टन, बक्सिङ, रग्बी (सेभेन ए साइड), शारीरिक सुगठन, भारत्तोलन, टेबलटेनिस, आर्चरी, बुद्धिचाल, ह्याण्डबल, कुस्ती, प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ, कबड्डी, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, उसु, जिम्न्यास्टिक्स, लन टेनिस, स्क्वास, जुडो, हक्की, एथ्लेटिक्स, फेन्सिङ, सुटिङ, पौडी, सफ्ट टेनिस, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, सेपाकताको र ट्राइयाथलन खेलका लागि खेलाडी दर्ता आह्वान गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया