नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य
काठमाडौँ- एसिसी महिला यु–१९ एसिया कपमा नेपालले भारतसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
समूह चरणको जारी दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले २५ तथा अलिशाकुमारी यादवले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पछि नेपाल ९४ रनमा सिमित भएको हो ।
भारतका लागि परुनिका सिसोडियाले चारसहित मिथाली र आनन्दिताले समान एक एक विकेट लिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया