खेलकुद

बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन मन्त्रीको सुझाव

इकागज |
पुस ११, २०८१ बिहीबार १४:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरूमा मोबाइल धेरै हेर्ने समस्या देखिएकाले केही समय खेलकुद क्षेत्रमा लगाउन सुझाव  दिएका हुन् ।


उनले बालबालिकाहरू खेलकुद लगायत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे । 

मन्त्री चौधरीले बालबालिकाहरूको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए । 


Author

थप समाचार
x