एनओसी अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो पटक निर्वाचित
फाइल फाेटाे
काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० मत मध्ये श्रेष्ठले २० मत प्राप्त गरी निर्वाचित भएका हुन । योसँगै श्रेष्ठ तेस्रो पटक एनओसीमा निर्वाचित भएका हुन् ।
तर, मताधिकार प्रयोग गर्न सक्ने ७ सदस्य भने मतदान प्रक्रियामा सामेल भएनन् । अदालतको अन्तरिम आदेश तथा आन्तरिक कलहका बीचमा श्रेष्ठले तेस्रो कार्यकालका निर्वाचित भएका हुन ।
उता, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्ष गोपाल सुन्दर कक्षपति दाबी गरेका छन् । ओसिएले निर्वाचनलाई वैधानिकता दिएको उनको दाबी छ ।
सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेका कारण चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ । अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीले हस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकिया पनि अनलाइन माध्यमबाटै गरिएको थियो ।
यसअघि श्रेष्ठ दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रूपमा नेतृत्व गरिसकेका छन । जसका कारण एनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो ।
श्रेष्ठका प्रतिस्पर्धी वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले एक मत पनि प्राप्त गर्न सकेनन् । अन्य पदाधिकारी र कार्यसमितिका सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया