खेलकुद

एपीएफको पहिलो जित

इकागज |
पुस २४, २०८१ बुधबार १५:४३ बजे

काठमाडौं - एपीएफले पहिलो जित निकालेको छ । 

विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लब विरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।


सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए ।

 पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहीन छ ।


Author

थप समाचार
x