खेलकुद

एष्टन भिल्लासँग बराबरीमा रोकियो लिभरपुल

इकागज |
फागुन ८, २०८१ बिहीबार १०:२० बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान राति लिभरपुल बराबरीमा रोकिएको छ ।

लिगको शीर्ष स्थानको लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको हो। भिल्लाको मैदानमा लिभरपुलले अग्रता जोगाउन नसक्दा अंक बढ्न बाध्य भएको छ ।


भिल्ला पार्कमा लिभरपुलका मोहम्मद सलाहले २९औं मिनेटमा अग्रता बनाएका थिए। तर, घरेलु टोलीले पहिलो हाफमै २-१ को अग्रता बनाउन सफल भयो ।

३८औं मिनेटमा युरी मिलेमान्सले १-१ को बराबरी गोल गरेका हुन् । ओली वाट्किन्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेलमा २-१ को अग्रता राखे ।

तर, ६१औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुलको हारबाट जोगाएका थिए ।

यद्यपि, लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ । उसले २६ खेलबाट ६१ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल कम खेल्दै ५३ अंक जोडेको छ । बराबरीपछि २६ खेलबाट ३९ अंक जोडेको एष्टन भिल्ला नवौं स्थानमा छ ।


Author

थप समाचार
x