खेलकुद

सनिस श्रेष्ठ बने केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी

इकागज |
फागुन २०, २०८१ मंगलबार १२:७ बजे

काठमाडौं - मछिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मछिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।  उनले नगद एक लाखसहित यमाहा-१२५ मोटरसाइकल हात पारे ।

उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा-१२५ मोटरसाइकल हात पारे ।


 दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधि जितेको थियो ।


Author

थप समाचार
x