पीएम कपमा आज दुई खेल हुँदै

काठमाडौँ- जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया