खेलकुद

साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारत एकै समूहमा

इकागज |
फागुन २८, २०८१ बुधबार ७:९ बजे

काठमाडौं- साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको ड्र अनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजक भारतसँगै नेपाल र श्रीलंका परेका छन् ।


साफ यू–१९ च्याम्पियनसिप फुटबल भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुँदै छ ।  


Author

थप समाचार
x