खेलकुद

बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद चैत २३ गते बाट

इकागज |
चैत ४, २०८१ सोमबार १६:१३ बजे

काठमाडौं - आठौं संस्करणको एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद यही चैत २३ गते काठमाडौंमा आयोजना हुने भएको छ । 

आयोजक बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता तथा आर्थिक परिसंवाद चैत २३ गते हुने जनाएको हो । 


गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब १२० जना कर्पोरेट गल्फरको सहभागिता रहने गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले जानकारी दिए । 

भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् । १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुने प्रतियोगीताका विजयीलाई गोल्डेन बल प्रदान गरिने आचार्यले बताए । 

कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टमा नै हुने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x