खेलकुद

१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

इकागज |
चैत ५, २०८१ मंगलबार १७:१५ बजे

काठमाडौं - कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

मंगलबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमकाबीच खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् । 


सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफी समेत सार्वजनिक गरिएको थियो । लोगो र मस्कट सार्वजनिक भएसंगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए । उनले खेलकुद मन्त्रालय र राखेपबीच विवाद नहुने गरि काम गर्न समेत निर्देशन दिए । विविधि कारणले १० औं राष्ट्रिय खेलकुद मिति सरेपनि अव तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ ।

मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिबद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको जानकारी दिए । 

मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लो समय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ । 


Author

थप समाचार
x