अब नयाँ म्याराडोना जन्मने छैनन्
जोसुकै महान् फुटबल खेलाडी पनि करियरको उर्ताद्धमा पुगेपछि उनलाई कसले प्रतिस्थापन गर्ने भन्ने बहस सुरु हुन्छ । अनि नयाँ पुस्ताका कोही प्रतिभाशाली खेलाडी देखियो की उसको तुलना ती महान् खेलाडीसँग हुन थाल्छ ।
भर्खरै बितेका म्याराडानो सन् १९९४ मा अर्जेन्टिना राष्ट्रिय टिमसँगको करियरको उर्ताद्धमा थिए । अनि उनको उत्तराधिकारी को हुन सक्छ भन्ने खोजी हुन थालेको थियो । त्यत्तिकैमा देखा परे एरियल र्ओटेगा । सन् १९९४ कोे विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिना ग्रिससँग भिड्दै थियो । खेलको ८३ औ मिनेटमा म्याराडोनाले मैदान छाडे । उनको स्थानमा आए, र्ओटेगा । त्यो क्षणलाई म्याराडोनाले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको भनेर ब्याख्या गरियो ।
तर म्याराडोनाको उत्तराधिकारीका रुपमा हेरिएका खेलाडीमा र्ओटेगा एक्लो वा पहिलो थिएनन् । बोका जुनियर्सका डिएगो लाटोरेलाई पनि म्याराडोनालाई प्रतिस्थापन गर्न सक्ने स्तर भएको खेलाडीका रुपमा लिईएको थियो । यी दुई मात्र होईन, अर्जेन्टिनाको घरेलु फुटबलमा उदाएका धेरै युवा प्रतिभाहरुलाई म्याराडानोको उत्तराधिकारीका रुपमा चित्रित गरियो । प्रत्येक वर्ष, नयाँ म्याराडोनाहरु देखा पर्थे ।
कुनै नयाँ म्याराडोना छोटा कदका थिए । कोही अग्ला दखिन्थे । कोही तिब्र गतीमा खल्न सक्थे भने कोही चाही धेरै सुस्त । अनि पाब्लो एइमार, हुवाँ रिकेल्मी र आन्दे«स डी अलेसान्द्रा जस्ता खेलाडीहरु पनि थिए जसको खेल्ने शैली म्याराडानोको जस्तै थियो । त्यती मात्र होईन, उनीहरु म्याराडोनाले खेलेकै क्लबमा खेल्थे, त्यो पनि ‘नम्बर दस’ जर्सी नै लगाएर । तर धेरै जसो नयाँ म्याराडोनाहरु, म्याराडोनाले खेल्ने शैलीमा खेल्न सक्दैन थिए । कतिपय, विङगरहरु मात्र थिए भने कतिपय मिडफिल्डर ।
रोचक के छ भने, म्याराडोना आफैले केही खेलाडीहरुलाई आफ्ना उत्तराधिकारी चुने । तर उनको रोजाई परिवर्तन भइरह्यो । कहिले उनले हाभियर साभिओलालाई आफ्नो उत्तराधिकारी माने भने कहिले अलेसान्द्रालाई । अझ कार्लोस टेभेजलाई त म्याराडोनाले २१ औ शताब्दीको ‘अर्जेन्टिनियन प्रोफेट’ नै भनिदिए ।
नयाँ म्याराडोना अर्जेन्टिनामा मात्रै होईन, विश्वभर नै देखा परे । रोमानियामा र्योके हाजी, जर्जियामा र्जोजी किनक्लाजे, अस्ट्रियामा एन्डी हेर्जोग अनि पेरुमा रोर्बटो मेरिनो । त्यस्तै, कुसानु डेलाई भारतको म्याराडोना भनियो । अलि करिमीलाई इरानको । अरु धेरै मुलुकहरुमा पनि नयाँ म्याराडोना जन्मिए ।
त्यसो त म्याराडोनासँग दाजिएका कुनै पनि खेलाडी अर्जेन्टिनाका सर्वकालिन महान खेलाडीको स्तरका थिएनन् ।
कतिसम्म भने, धेरै सहरका प्रतिभाशाली खेलाडीलाई पनि म्याराडोनासँग दाँजियो । फब्रिजियो मिक्कोलीलाई इटलीको दक्षिणी सहर सालेन्टोको म्याराडोना भनियो । अनि एम्रे बेलोजोग्लुलाई टर्कीस सहर बोस्परसको । मिक्कोलीले इटलीयन क्लबहरु युभेन्टस, फियोरेन्टिना र पार्लेमो बाट खेले । मिक्कोली म्याराडोनाका जर्बजस्त सर्मथक थिए । कतिसम्म भने, उनले लिलामीमा राखेको म्याराडोनाको कुन्डल खरिद गरे । कुनै समय म्याराडोनासँग तुलना गरिएका टेभेज पनि मिक्कोलीको खेल शैलीलाई अनुसरण गर्ने प्रयास गर्थे ।
त्यसो त म्याराडोनासँग दाजिएका कुनै पनि खेलाडी अर्जेन्टिनाका सर्वकालिन महान खेलाडीको स्तरका थिएनन् । सन् २००१ मा बार्सिलोना पुगेका साभिओलाले त म्याराडोना जस्तो खेलाडी फेरी नजन्मिने भनेर सम्म भन्ने । तर केही खेलाडीहरु थिए, जसको तुलना म्याराडोनासँग हुदाँ खासै अन्याय हुने अवस्था थिएन । उदाहरणका लागि एइमार, रिकेल्मी र टेभेज । किनभने, यी खेलाडीहरुले लामो समयसम्म उच्चस्तरको लय कायम राखे । विश्वकप खेले । विभिन्न लिगहरु जिते । नाम बनाए ।
उता हाजीले पनि रोमाननियालाई विश्वकपको क्वाटरफाईनल सम्म डोर्याए । रोमानियामा फुटबल संस्कृतीको विकास हुनुमा हाजीको ठूलो योगदान छ । उता, डेयान साभिसेभिच मोन्टेनेग्रोको मात्र होईन, पुरै बाल्कनका लागि म्याराडोना थिए । उनी त्यस क्षेत्रकालागि मात्र होईन, सन् १९९० दशकको एसी मिलानकै लागि आइकन थिए ।
तर नयाँ म्याराडोना भनिएका धेरै खेलाडीहरु म्यारोडोनाको छायाँबाट मुक्त हुन सकेनन् । र्ओटेगा देखि टेभेज सम्मका खेलाडी आफैमा विश्व स्तरिय प्रतिभा भएपनि म्याराडोनासँग तुलना गरिदाँ संकोच मानिरहेको देखिन्थ्यो ।
सन् १९९४ को विश्वकप अघि अर्जेन्टिनाले मोरोक्कोसँग मैत्रीपुर्ण खेल खेल्यो । स्वभाविकरुपमा, अर्जेन्टिनाले उत्तर अफ्रिकी प्रतिद्वन्द्वी विरुद्धको खेल जित्यो । विश्वकपका लागि बोलाईएको शिविरमा ओर्टेगाले म्याराडोनासँगै अभ्यास गर्ने मौका पाए । अनि विश्वकप समूह चरणको दुई खेलपछि नै म्याराडोना डापिङमा परेपछि, ओर्टेगालाई टिम कप्तानलाई प्रतिस्थापन गर्ने खेलाडीका रुपमा लिइयो ।
त्यसो त दुबैको खेल्ने शैली उस्तै थियो । दुबैजना बललाई गज्जबले नियन्त्रणमा राख्न सक्थे । शारीरिक बनावटका आधारमा पनि म्याराडोना र ओर्टेगा उस्तै देखिन्थे । खेल शैली र शारीरिक बनोट मात्र होईन, ओर्टेगासँग म्याराडोनाको रिसाहापन पनि साथै थियो । सन् १९९४ को विश्वकपको क्वाटरफाईनलमा ओर्टेगाले रातो कार्ड पाए । अनि टर्कीको फेनरबासेसँगको सम्झौता तोडेपछि, उनलाई सरुवा बजारमा प्रतिबन्ध नै लगाईयो । ओर्टेगा मादक पर्दाथको कुलतमा थिए ।
म्याराडोना आफैले पनि साथी ओर्टेागालाई कुलतबाट मुक्त हुन सहयोगको आवश्यकता रहेको बताएका थिए । शायद, ओर्टेगा म्याराडोनासँग अरु खेलाडी भन्दा धेरै नै मिल्दोजुल्दो थिए । सन् २००५ मा लियोनल मेस्सीको विश्व फुटबलसँग साक्षत्कार भएदेखि नै अर्जेन्टिनाले नयाँ म्याराडोनाको खोजी गर्न छाडेको देखिएको छ । मेस्सीले आफ्ना पूर्ववर्तीहरुले भन्दा धेरै हदसम्म म्याराडोनासँगको तुलनालाई न्याय गरेका छन् । मेस्सी म्याराडोनाकासँग तुलना हुने नयाँ प्रतिभाका रुपमा मात्र सिमित भएनन् । न त उनले म्याराडोनासँगको तुलानालाई इन्कार वा स्वागत नै गरे । उनले कुनै दबाब महसुस नगरी आफ्नो बुताले भ्याएसम्म खेलिरहेका छन् । अनि आफ्नो बेग्लै पहिचान बनाएका छन् ।
नयाँ म्याराडोनाको खोजी अर्जेन्टिना देखि युरोपका पहाडसम्म भयो ।
मेस्सी म्याराडोनाको स्तरसम्म पुग्न सफल भए, भएनन् भन्ने हिसाब गर्न सजिलो छैन । शरीरिक बनावटदेखि खेल्ने शैलीसम्ममा उनीहरुबीच समानता छ । तर केही कुराहरु छन् जसले यी दुईलाई फरक कित्तामा उभ्याउछन् । मेस्सीको मैदान बहिरको ब्यबहार जीवनशैली, म्याराडोनाको भन्दा फरक छ । अनि म्याराडोनाले कहिले पनि मेस्सीले जस्तो उत्कृष्ट खेलाडीहरु सहयात्रीका रुपमा पाएनन् ।
नयाँ म्याराडोनाको खोजी अर्जेन्टिना देखि युरोपका पहाडसम्म भयो । सायद, फुटबल मन पराईने विश्वका प्रत्येक मुलुकमा नयाँ म्याराडोना जन्मिए । के मेस्सीले म्याराडोनाले नापेको उचाई नाप्न सक्लान ? वा नापिसके ? यसबारेमा अन्त्यहिन बहस गर्न सकिन्छ । अनि नयाँ मेस्सीको खोजी ? त्यो त सुरु भइसक्यो । अहिले नै थाई मेस्सी छन् ।
इन्डोनेसियाको आफ्नै मेस्सी छन् । अनि जापानीज मेस्सीलाई त मेस्सी आफैले बार्सिलोनाका भेटेकै हो । उता अर्जेन्टिनामा प्रत्येक वर्ष नयाँ मेस्सी भेटिन्छन् । जसरी प्रत्येक वर्ष नयाँ म्याराडोना भेटिए, त्यसरी नै अहिले नयाँ मेस्सी देखिन्छन् । यो क्रम जारी नै रहनेछ । कमसेकम, म्याराडोना र मेस्सीको जस्तो नाम बनाउन सक्ने खेलाडी नआउन्जेल । (न्यूयोर्क टाइम्सबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया