सिटी फुटबल समूहले आफ्ना क्लबमा लगानी थप्ने
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) को सिटी फुटबल समूहले चार महादेशका विभिन्न फुटबल क्लबहरूमा लगानी गरेको छ । इंग्ल्यान्डको म्यानचेस्टर सिटीदेखि भारतको मुम्बई सिटी एएफसीमा उसको स्वामित्व छ । जसमा उसले करोडौँ डलर लगानी गरेको छ ।
सिटी समूहले आफ्नो स्वामित्व रहेको क्लबहरूमा थप लगानी गर्नका लागि ६५ करोड अमेरिकी डलर ऋण लिएको छ । उसले बार्कलेज, एचएसबीसी, केकेआर क्यापिटललगायतबाट ऋण लिएको हो । यो रकम सिटी फुटबल समूहले आफ्ना विभिन्न क्लहरूमा पूर्वाधार निर्माण लगायतमा खर्च गर्ने बताइएको छ ।
पछिल्लो समय सिटी फुटबल समूहले न्यूयोर्क सिटी एएफसीका लागि नयाँ रंगशाला निर्माण गर्न योजना बनाइरहेको बताइएको थियो । अब भने यस्तो योजनाले मूर्तरुप लिने अनुमान गरिएको छ ।
सन् २०१५ सम्म सिटी फुटबल समूहमा आबुधाबी युनाइटेड समूहको शतप्रतिशत लगानी थियो । त्यस समूहमा अहिले पनि शेख मन्सुर बिन जायेद अल-नायनको बहुमत शेयर रहेको छ । अल-नायन आबुधाबीको शाही घरानाका सदस्य हुन् । जसले सन् २००८ मा इंग्लिस क्लब सिटी खरिद गरेका थिए । दुई वर्षअघि मात्रै अल-नायनले सिटी फुटबल समूहको १० प्रतिशत शेयर अमेरिकी कम्पनी सिल्भर लेक पाटनर्सलाई बिक्रि गरेका थिए ।
पछिल्ला वर्षहरूमा सिटी फुटबल समूहले लगानी बढाइरहेको छ । गत वर्ष मात्रै सिटी फुटबल समूहले भारतीय क्लब मुम्बई सिटी एफसीको ६५ प्रतिशत शेयर खरिद गरेको थियो । त्यस्तै, फ्रान्सको दोसो श्रेणीको क्लब एस्टाक ट्रोयसको पनि स्वामित्व लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया