खेलकुद

'पाकिस्तानसँग भिड्दा भारतीय युवा खेलाडी नर्भस हुनेछन्'

इकागज |
साउन २, २०७८ शनिबार १३:४८ बजे

काठमाडौँ- भारत र पाकिस्तानका क्रिकेट टिमले आफ्नो प्रतिद्वन्द्वीता सन् २०२१ को अन्त्यमा नवीकरण गर्दैछन् । दुवै टिम आईसीसी टि-ट्‍वान्‍टी विश्वकपको एउटै समूहमा परेका छन् । त्यसकारण दुई प्रतिद्वन्द्वीले दुई वर्षपछि पहिलो पटक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

भारत र पाकिस्तान पछिल्लो पटक सन् २०१९ मा ओडीआई विश्वकपमा भिडेका थिए । दुई मुलुकबीचको सम्बन्धमा सुधार आउन नसक्दा उनीहरूका क्रिकेट टिमहरूको आईसीसीका प्रतियोगितामा बाहेक अन्य बेला भेट हुँदैनन् । भारत र पाकिस्तान फेरि एकपटक भिड्दा युवा खेलाडीहरूले प्रतिद्वन्द्वीताको महसुस गर्न पाउनेछन् । जसकारण उनीहरू दबाबमा हुनेछन् । त्यसकारण दुवै टिमका सिनियर खेलाडीहरुरूको भूमिका महत्वपूर्ण हुनेछ ।


यसैबीच भारतका पूर्वक्रिकेटर गौतम गम्भीरले पाकिस्तानसँगको आफ्नो पहिलो खेल याद गरेका छन् । ‘पहिलो पटक पाकिस्तानसँग खेल्दा म उत्साहित थिएँ, सायद पाकिस्तानविरुद्ध खेलिसकेका मेरा साथीहरू भन्दा धेरै । अनि नभर्स पनि थिए । त्यसकारण आफ्नै अनुभवका कारण म के भन्‍न सक्छु, सिनियर खेलाडीहरूले युवा खेलाडीहरूलाई ढाडस दिनुपर्छ,’ गम्भीरले भनेका छन्,‘ उत्साहित भएर मात्रै पनि खेल जितिदैन । न त खेलाडीहरू भावानात्मक भएर नै टिम बलियो हुने हो । यस्तोमा विराट कोहली वा रोहित शर्मा जस्ता सिनियर खेलाडीहरूको भूमिका महत्वपूर्ण हुनेछ ।’ 

हालको भारतीय टिममा कोहली र शर्मा सिनियर खेलाडीमध्यका हुन् । विश्वकप २०१९ मा शर्माले पाकिस्तानविरुद्ध शतक नै प्रहार गरेका थिए । कोहलीले भने अर्धशतक हिर्काए । विश्वकपमा भारत पाकिस्तानमाथि हाबी हुँदै आएको छ ।


Author

थप समाचार
x