खेलकुद

इमिरेट्समा दर्शकसँगै लाकाजेट फर्किए

इकागज |
मंसिर १९, २०७७ शुक्रबार १२:१७ बजे

काठमाडौं : बिहीबार युरोपा लिगमा आर्सनलले र्‍यापिड भियनालाई हराउँदा इमिरेट्स रंगशालामा दर्शकहरूको पुनरागमन भयो नै, स्ट्राइकर एलक्जेन्डर लाकाजेट पनि फर्किए । आर्सनलले अस्ट्रियन क्लबमाथि ४–१ को जित दर्ता गर्दा लाकाजेटले एक गोल गरे । 

फ्रेन्च फर्वाडले आर्सनलका लागि सेप्टेम्बर २८ यता गोल गर्न सकेका थिएनन् । प्रिमियर लिगमा उनी पछिल्ला दुई खेलमा बेन्चमा थिए । तर बिहीबार युरोपा लिगमा गोल गरेपछि लाकाजेट आउँदा खेलहरूका लागि प्रशिक्षक मिकेल आर्टेटाको नजरमा पर्ने निश्चित छ । आर्सनलले आइतबार लिगमा सहरी प्रतिद्वन्द्वी टोटनेहमको सामना गर्दैछ । जसमा लाकाजेटले मौका पाउन सक्नेछन् ।


मार्च यता पहिलो पटका आर्सनलका सर्मथकहरूले रगंशालामा प्रवेश पाए । दुई हजार आर्सनल सर्मथकहरूका अघि घरेलु टिमका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्सनलको जितमा लाकाजेट बाहेक भिल्लार पाब्लो मारी, एड्डी नेकेटिया र एमाइल स्मिथले एक–एक गोल गरे । जितसँगै समूह बी विजेताको हैसियतले आर्सनलले युरोपाको नकआउट चरणमा स्थान पक्का गर्‍यो ।  

आर्टेटाको टिमले लिगका पछिल्ला ६ खेलमा एक पेनाल्टी गोलसहित दुई गोल मात्र गर्न सकेको छ । आर्सनलले लिगमा न त पर्याप्त गोल गर्न सकेको छ न त मिडफिल्डमा नै चित्तबुझ्दो खेल्न सकेको छ । त्यसकारण, पनि आर्टेटा दबाबमा थिए । आर्टेटाले पछिल्ला दुई खेलमा जो विल्लकलाई नम्बर दश बनाएर खेलाए पनि आर्सनलको आक्रमण सुध्रिएको थिएन । त्यसकारण, स्पेनिस प्रशिक्षकले भियनाका विरुद्ध ५–३–२ को संरचनाको प्रयोग गर्दै लाकाजेटलाई स्ट्राइकरको पछाडि खेल्ने भुमिका दिए । अन्नतः त्यो रणनीतिले काम गर्‍यो ।

आइतबार हुने टोटनहमसँगको खेलमा आर्टेटाले लाकाजेटलाई नम्बर दश बनाएर खेलाउने रणनीति तय गर्नेछन् वा फरक योजना बनाउनेछन् भन्ने टुङ्गो छैन । तर बिहिबार गोलसहित टिममा फर्केका लाकाजेटलाई लिग लिडर टोटनहमका विरुद्ध प्रयोग गर्नैपर्ने बाध्यतामा हुनेछन् आर्टेटा ।  
गोल डटकमबाट


Author

थप समाचार
x