लिग च्याम्पियनलाई ७५ लाख
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग कार्तिक २९ बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन खेल्ने १४ क्लबबीचको बैठकले लिगको नयाँ मिति टुंगो लगाएको हो । यसअघि ए डिभिजन लिग असोज ३ बाट सुरु हुने भनिएको थियो ।
एन्फाले लिग च्याम्पियनले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । यसपटक लिग विजेता टिमले ७५ लाख रुपैयाँ पाउनेछ । गत वर्ष भने लिग च्याम्पियनलाई ५० लाख रुपैयाँ दिइएको थियो । यसैगरी लिग उप–विजेता र तेस्रो स्थानमा रहने क्लबले क्रमशः ५० लाख र २५ लाख रुपैयाँ पाउनेछन् ।
लिग सिंगल राउण्डमा खेलाइनेछ । अंक तालिकाको पुच्छारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुनेछन् । लिगमा सहभागी हुने क्लबहरूले खेलाडी दर्ता सुरु गरिसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया