'रोनाल्डो जस्तो मानसिकरुपमा बलियो अर्को खेलाडी छैन्'
काठमाडौं : युभेन्टसका पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिस्टियानो रोनाल्डो जस्तो मानिसक रुपमा बलियो अर्को कोहि खेलाडी नभएको बताएका छन् । आफुले धेरै विश्वस्तरिय खेलाडीहरुसँग काम गर्ने मौका पाएको तर रोनाल्डाको जस्तो मानसिकता अरुमा नपाएको इटलियन प्रशिक्षकको भनाई थियो ।
एलेग्री र रोनाल्डोले युभेन्टसमा एक सिजनसँगै बिताएका थिए । सन् २०१८-१९ सिजनमा युभेन्टसलाई चौथौं सिरी ए उपाधी जिताएसँगै क्लब छाडेका एलेग्री र रानोल्डोबीच राम्रो सम्बन्ध रहेको थियो । सन् २०१०-११ सिजन एसी मिलानलाई लिग जिताउँदा स्थापित स्टारहरुलाई प्रशिक्षण दिएका एलेग्रीले रोनाल्डो अरु भन्दा फरक रहेको पनि बताए । ‘मैले जर्जियो किलिनी, अलेहान्द्रो नेस्टा, गेनारो गाटुसो, क्लारेन्स सिड्रोफ, ज्लाटान इब्राहिमोभिच जस्ता खेलाडीहरुसँग काम गरेको छु । तर उनीहरु रोनाल्डोको दाँजोमा मानसिकरुपमा बलिया थिएनन्,’ एलेग्रीले भने ।
‘रोनाल्डोले ब्यक्तिगत रुपमा धेरै अर्वाड जितेका छन् । अनि क्लब र राष्ट्रिय टिमसँग कयौं उपाधी । उनी कौशलका हिसाबले बलिया खेलाडी हुन् । अनि मानसिकरुपमा पनि उनी जस्तो बलियो अर्को कोही छैन । उनी अर भन्दा फरक छन् । उनको प्रत्येक सिजन नयाँ उद्देश्य हुन्छ,’ एलेग्रीको भनाई थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया