खेलकुद

मेस्सीले पनि बचाउन नसक्‍ने बार्सिलोना

इकागज |
मंसिर २१, २०७७ आइतबार ७:४६ बजे

काठमाडौँ : ‘क्याम्प नोउ ढल्दैछ । साथमा बार्सिलोना पनि ।’ यो स्पेनको क्याट्लन क्षेत्रबाट प्रकाशित हुने खेलकुद पत्रिका ‘स्‍पोट’ र ‘मुन्डो डिर्पोटिभो’ को हेडलाइन होइन । न त म्याड्रिडमा कसैले दिएको अभिव्यक्ति नै । यो बार्सिलोनाका कार्यबाहक अध्यक्षले दिएको अभिव्यक्ति हो, उनको अनुमान हो ।

कार्लेस टुसक्वेट्स बार्सिलोनाको आगामी निर्वाचनसम्मका लागि अध्यक्ष हुन् । बार्सिलोना अध्यक्षका लागि आउँदो जनवरी २४ मा निर्वाचन हुँदैछ । नयाँ अध्यक्ष नआउन्जेल टुसक्वेट्सले क्लब सम्हालिरहेका छन् । अर्को शब्दमा, बार्सिलोनामा रहेका समस्याहरूलाई समाधान गर्न खोज्दैछन् । त्यसमा उनी कती सफल भइरहेका छन् । बहस गर्न सकिन्छ । तर उनले दिएको अभिव्यक्तिले बार्सिलोनाको अवस्थालाई र्छलंग पार्छ ।


बिहीबार बिहान टुसक्वेट्सले बार्सिलोना सहरकै चर्चित रेडियो आरएसी वानलाई अन्तरवार्ता दिए । ‘क्याम्प नोउलाई मर्मतसम्भार गर्नुपर्ने आवश्यक छ । यसको छाना नै झर्न लागिसक्यो । फेरी क्लबसँग पैसा पनि छैन । गत वर्ष मात्र हामीले तीन सय मिलियन युरो गुमायौं । हामी नयाँ खेलाडी किन्न सक्ने अवस्थामा छैन,’ टुसक्वेट्सले उक्त वार्तामा भने । टुसक्वेट्सले खेलाडीको एक सय साठी मिलियन युरो बराबरको तलब रोक्नु उचित निर्णय रहेको समेत भन्न भ्याए । ‘तत्कालका लागि खेलाडीको त्यती रकम बराबरको तलब नरोकेको भए बार्सिलोना यसै वर्ष टाट पल्टिन्थ्यो,’ टुसक्वेट्सको दाबी थियो । त्यही अन्तरवार्तामा टुसक्वेट्सले क्लबका सर्वकालिन महान खेलाडी लियोनल मेस्सीलाई गत सिजन नै बेचेको भए हुनेसम्म भने ।

बार्सिलोनाका सर्मथकहरूले आफ्ना अध्यक्षले आरएसी वानसँगको अन्तरवार्तामा बढी बोले भनेर भन्न सक्छन् । तर टुसक्वेट्स त्यही दिन अर्को रेडियो क्याडेना एसइआरलाई अन्तरवार्ता दिँदा केही लचक बनेका थिए । तर रुखो वा कमलो जे जस्तो शब्दको प्रयोग गरे पनि बार्सिलोना समस्यामा छ भन्नु तथ्य ओकल्नु हो ।

स्पेनमा भनाई छ । रोटी आजलाई, भोक भोलिलाई । तर आजका लागि रोटी नै नभए त भोक साच्नलाई भोलि पनि रहँदैन । आजका लागि मात्र उपाय पत्ता लगाए, भोलि के गर्ने ?

यसैबीच बार्सिलोनाका पूर्व अध्यक्ष जोआन लार्पोटाको भनाई आयो । ‘जोसेप मारिया बार्तामोउले बार्सिलोनालाई खराब स्थितीमा पुर्‍याएर छाडे । बार्सिलोना अहिले एतिहासकै सबैभन्दा खराब अवस्थामा छ,’ लार्पोटेको भनाई थियो । जो आउँदो निर्वाचन मार्फत बार्सिलोनाको अध्यक्षका रूपमा फर्किन चाहन्छन् । लार्पोटे सधै र्बातामोउको विपक्षीका रूपमा रहे । तर अहिले अध्यक्षको पदमा आसिन टुसक्वेट्स भने र्बातामोउको प्रखर आलोचक होइनन् ।

अब टुसक्वेट्सको भनाई तर्फ फर्किउ । उनले ‘गत जनवरीमा क्लबसँग खेलाडीहरू र अन्य स्टाफहरूलाई तलब दिन पैसा थिएन’ भने । क्लबको हालत देखेर एक सय साठी मिलियन युरो बराबरको तलब तत्कालका नलिन खेलाडीहरू मन्जुर भएको उनको भनाई थियो । तर खेलाडीहरूको तलब दिने भाका सार्नु समस्याको समाधान नभएकोमा उनी सहमत छन् । त्यो भन्दा कुनै उपाय थियो र ? उनको प्रश्न छ ।

स्पेनमा भनाई छ । रोटी आजलाई, भोक भोलिलाई । तर आजकालागि रोटी नै नभए त भोक साच्नलाई भोलि पनि रहँदैन । आजका लागि मात्र उपाय पत्ता लगाए, भोलि के गर्ने ? टुसक्वेट्सले मेस्सीलाई बेचेको भए क्लबको आर्थिक हालत सुध्रिन्थ्यो सम्म भन्न भ्याए । तर त्यसले बार्सिलोनाको आर्थिक समस्यालाई सधाका लागि अन्त्य गर्थ्यो त ?

टुसक्वेट्सले मेस्सी सम्बन्धी आफ्नो भनाईको परिपेक्ष सम्झाउन खोजे । ‘मैले विशुद्ध आर्थिक कोणबाट मात्र भनेको हो । टिमलाई उनी नचाहिएर होइन,’ तर न त मेस्सी खरिदका लागि कुनै क्लबबाट प्रस्ताब थियो । न त टुसक्वेट्सलाई नै मेस्सीलाई कता पठाउन सकिन्छ भन्‍ने ज्ञान नै । उनलाई बस् यती थाहा थियो, मेस्सीले बार्सिलोना छाडे अर्जेन्टिनीयनले तलवका रूपमा पाउने रकम जोगिन्थ्यो । जसले क्लबको आर्थिक अवस्था सुर्धान टेवा पुग्थ्यो ।

मेस्सीले बार्सिलोना छाड्न नचाहेका होइनन् । मेस्सीले सोचे, बार्सिलोना प्रशासनले उनलाई बेच्दा आउने रकमको लोभ गर्नेछ । तर मेस्सीले अनुमान गरे अनुसारको अवस्था सिर्जना भएन । बार्सिलोनाले उनलाई क्लब छाड्न नदिने निर्णय लियो । सायद मेस्सीलाई नबेच्नु बार्सिलोनाले लिएको निर्णय सही थियो । वा गलत पनि ।

बार्सिलोनाको आर्थिक अवस्था ठिक छैन भन्‍ने सबैले थाहा थियो । अनि मेस्सीले क्लब छाड्दा क्लबलाई आर्थिक हिसाबले नाफा हुन्छ भन्‍ने अनुमान पनि थियो । तर मेस्सीको बर्हिगमनले बार्सिलोनाको आर्थिक अवस्थालाई कुन स्तरसम्म सुर्धाछ भन्‍ने ज्ञान कसैलाई थिएन । कमसेकम सर्मथकहरूलाई । क्लबले कुन हदसम्मको समस्यासँग सामना गरिरहेको छ भन्‍ने ज्ञान हुनु एउटा कुरा हो, तर त्यसका बारेमा क्लबबाटै पढाइनु अर्कै हो । आफंैलाई ज्ञान हुनु र कसैबाट सुचित हुनुमा फरक छ ।

क्लबले कुन हदसम्मको समस्यासँग सामना गरिरहेको छ भन्‍ने ज्ञान हुनु एउटा कुरा हो, तर त्यसका बारेमा क्लबबाटै पढाइनु अर्कै हो । आफैँलाई ज्ञान हुनु र कसैबाट सुचित हुनुमा फरक छ ।

बार्तामोउले बार्सिलोनामा संस्थागत समस्या नभएको दाबी गरिरहे । तर अन्तत क्लब संस्थागत रुपमै समस्यामा रहेको पुस्टी भयो । तर क्लब इतिहासकै महान् खेलाडी बेचेर संस्थागत समस्याको हल गर्न खोज्नु उचित थियो त ? वा यसो पनि भन्न सकिन्छ । बर्सिलोना नेतृत्वमा रहेकाहरूको हर्कतदेखि विरक्तिएर मेस्सीले क्लब छाड्ने निर्णय गर्नु जायज थिएन र ?

मेस्सीले अब झन सजिलै बार्सिलोना छाड्न सक्नेछन् । उनलाई आउँदो जुनमा फ्री एजेन्टका रुपमा बार्सिलोना छाड्न अनुमति छ । त्यतिबेला कुनै बहस हुनेछैन । यसबाट बार्सिलोनाले कुनै सरुवा रकम प्राप्त गर्नेछैन उल्टै क्लबले आफ्नो इतिहासकै महान् खेलाडी गुमाउनेछ । मेस्सीलाई क्लब छाड्नबाट रोक्न बार्सिलोनाले अर्जेन्टिनीयनलाई नयाँ सम्झौतामा मनाउन सक्नुपर्छ । तर त्यसका लागि बार्सिलोनासँग स्रोत छैन । एउटै उपाय भनेको, खेलाडी बिक्रीबाट पैसाको जोहो गर्ने । जुन कुरा टुसक्वेट्सले नै भनिसके । 

टुसक्वेट्सको अभिव्यक्तिलाई लिएर धारणा आउने क्रम जारी छ । क्लब भित्रकै कतीले उनको अभिव्यक्तिलाई गैरजिम्मेवार भनेका छन् । क्लब बाहिर पनि उनको शैलीलाई मन पराइएको छैन । क्लबभित्रको समस्या सार्बजानिक रूपमै खोल्नु उचित होइन । क्लबको आर्थिक अवस्थाका बारेमा छरपस्ट पार्नु भनेको आगामी दिनमा खेलाडी बेच्दा खरिदकर्ता क्लब मोलमोलाईमा माथि हुनु हो । अनि मेस्सीलाई बार्सिलोनासँग नयाँ खेलाडी खरिद गर्न पैसा छैन भन्‍ने थाहा भएपछि उनी किन बार्सिलोना नै बसिरहने ? जब की क्लबसँग नयाँ खेलाडी किन्ने हैसियत नभएपछि उपाधी भिडन्तमा पछिपर्ने अवस्था हुन्छ । उपाधी जित्न नै नसक्ने गरी थला परेको क्लबमा मेस्सी किन रहने ?

अन्तत क्लब संस्थागत रुपमै समस्यामा रहेको पुस्टी भयो । तर क्लब इतिहासकै महान् खेलाडी बेचेर संस्थागत समस्याको हल गर्न खोज्‍नु उचित थियो त ? वा यसो पनि भन्न सकिन्छ । बर्सिलोना नेतृत्वमा रहेकाहरूको हर्कतदेखि विरक्तिएर मेस्सीले क्लब छाड्ने निर्णय गर्नु जायज थिएन र ?

टुसक्वेट्स बार्सिलोनाको आर्थिक परिषदमा थिए । जसको जिम्मेवारी क्लबको आर्थिक अवस्था मजबुत बनाउने हुन्छ । त्यसकारण उनले पहिल्यै किन बार्सिलोनाको अर्थिक अवस्थाका बारेमा सुचित गरेनन् ? किन पहिल्यै नै रातो झन्डा देखाएनन् ? टुसक्वेट्स भने आफुले बार्सिलोनाको बिग्रदो आर्थिक अवस्थाका बारेमा सचेत गराएको दाबी गर्छन् । कोभिड–१९ कोरोना भाइरस महामारीले पनि क्लबलाई घाटा पुर्‍याएको तर्क आउन सक्छ । तर बार्सिलोनासँग त्यसबाट बच्न कुनै योजना भएन । टुसक्वेट्सले पूर्व अध्यक्ष र्बातामोउको गतिविधिमा पनि शंका गर्न भ्याए ।

टुसक्वेट्सलाई अध्यक्षमा निरन्तर हुने इच्छा छ त ? उनको उत्तर थियो, ‘अलिकती पनि चाह छैन,’ टुसक्वेट्सको चाहना अध्यक्ष बन्ने छैन । तर अहिलेका लागि उनी नै अध्यक्ष हुन् । उनको भुमिका ‘अन्तरिम’ प्रकृतीको मात्र हुनुपर्ने हो । तर उनी कार्यकारी निर्णय लिइरहेका छन् । तर, कतिपय निर्णय नलिइकन पनि हुदैन । टुसक्वेट्सले कुनै निर्णय नलिने भए बार्सिलोना कसरी चल्छ ? क्लबको भविष्यकालागि वर्तमानमा निर्णय त लिनैपर्‍यो । कुनै खेलाडी खरिद गर्नु अगाडि भएको अर्को खेलाडी बेच्नैपर्ने बाध्यता रहेको उनको भनाई भविष्यका लागि क्लबलाई जोगाउनुमा नै केन्द्रित रहेको टुसक्वेट्स दाबी छ । तर, बार्सिलोना राज्य वा सहरको प्रेसले टुसक्वेट्सको भनाई तिर ध्यान दिएका छन् त ? दिएको भए उनीहरूले बार्सिलोनाले अब नेयमारलाई भित्र्याउनु पर्छ भनेर हेडलाईन बनाउँदैन थिए ।

टुसक्वेट्सले बार्सिलोनाको आर्थिक अवस्थाका बारेमा इमान्दार विश्लेषण गरेका छन् । उनको विश्लेषण आउँदो सरुवा बजारका बारेमा गरिन थालेको अनुमानको छायाँमा पर्न थालिसक्यो । यद्यपि टुसक्वेट्सको विभिन्न्न सञ्चार माधयमहरूसँग क्लबको आर्थिक अवस्थाका बारेमा छलफल गर्ने निर्णय उचित थिएन । यसले खेलाडीहरूको मनस्थितीलाई बिगार्छ, निराश बनाउँछ ।

‘हामीलाई मेस्सी र क्लबबीचको पछिल्लो सम्बन्धका बारेमा थाहा छ । मेस्सीको भविष्यका बारेमा मेस्सीले नै निर्णय लिने हो । क्लबभित्रका कसैले पनि त्यसबारेमा टिप्पणी गर्नु उचित होइन,’ शुक्रबारको पत्रकार साक्षात्कारमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनले भने,‘बाहिर के भन्निछ त्यसलाई हामीले नियन्त्रणमा राख्न सकिंदैन । तर क्लबभित्रबाट अनावश्यक टिप्पणी गरिनु हुँदैन ।’ तर, बार्सिलोना ढल्दैछ । बार्सिलोना भित्रबाटै यस्तो भनाई आउँछ । जुन कुरा भनिनु हुँदैन, त्यही भनिदैछ । (इएसपीएनमा प्रकाशित स्पेनिस पत्रकार सिड लौउको आलेखको अनुवाद) 


Author

थप समाचार
x