खेलकुद

मौउरिन्होलाई रातो कार्ड

इकागज |
साउन २४, २०७८ आइतबार १६:४८ बजे

काठमाडौँ- युरोपका क्लबहरू हाल प्रि–सिजनमा व्यस्त छन् । आपसमा मैत्रीपूर्ण खेलहरू खेलिरहेका छन् । ‘प्रि–सिजन नयाँ सिजनका लागि तयारी हो । यस्तोमा एएस रोमाले पनि ‘मैत्रीपूर्ण’ खेलहरू खेलिरहेको छ । शनिबार राति मात्रै रोमाको भेट स्पेनी क्लब रियल बेटिससँग भयो । 

बेटिसको मैदानमा भएको खेलमा रोमा ५–२ ले पराजित भयो । दोस्रो हाफमा रोमा आठ खेलाडीमा सीमित भएपछि बेटिसले सहज जित हात पार्‍यो । आफ्ना खेलाडीहरूले लगातार रातो कार्ड पाएपछि रोमाका नयाँ प्रशिक्षक जोसे मौउरिन्हो आक्रोशित देखिए । रेफ्रिसँग झगडा गर्न टचलाइनसम्म पुगेका मौउरिन्होले रातो कार्ड पाए । 


दोस्रो हाफको ५८ औँ मिनेटमा बेटिसका एलेक्स मोरेनोले गोल गर्नु अघिसम्म खेल २–२ को बराबरीको अवस्थामा थियो । मोरेनोले गरेको गोल विवादित रह्यो । रोमा रोजर इबानजले हेडरमार्फत क्लिय गर्न खोजको बल आफ्नै पोस्टमा लाग्यो । त्यसपछि रिबाउन्डमा आएको बललाई नियन्त्रणमा लिने प्रयास गर्दा मोरेनो लड्न पुगे र त्यही स्थानबाट हेडर गोल गरे । बल हेड गर्ने क्रममा मोरेनोको दाँया हातले ह्यान्ड गरेको रोमाका खलाडीहरूको दाबी थियो ।

मोरेनोको गोलल मान्यता पाएपछि रोमाका खेलाडीहरूले रेफ्रीलाई घेरे । रोमाका खेलाडीहरूले विरोध गरिरहँदा मौउरिन्हो पनि मिसिए । त्यसपछि मौउरिन्होलाई रातो कार्ड खाए । 

रोमाका तीन खेलाडीले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडे । त्यसको सुरुवात लोरेन्जे पेलेग्रिनीबाट भयो । जियानलुका मान्सिनी रातो कार्ड पाउने दोस्रो खेलाडी बने भने रिक कार्सडोर्पले ७८ औँ मिनेटमा मैदान छाड्न निर्देशन पाए । जारी ‘प्रि–सिजन’ मा रोमाका खेलाडीहरुले पछिल्ला तीन खेलमध्ये दुई खेलमा रातो कार्ड पाएका छन् । मौउरिन्हो मेको पहिलो साता रोमाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नियुक्तिलाई रोमाको च्याम्पियन्स लिगमा फर्कने लक्ष्यसँग जोडिएको छ । 


Author

थप समाचार
x