एनफिल्डमा दर्शक देख्दा र्योगेन क्लप भावुक
काठमाडौं : प्रिमियर लिगमा आइतबार लिभरपुलले एनफिल्डमा जितसँगै दर्शकहरूको स्वागत ग-यो । मर्सीसाइड क्लबले वुलभरह्याम्पटनलाई ४–० ले हराउँदा करिब दुई हजार दर्शक जीतको साक्षी बने ।
कठिन विपक्षीमाथि सहज जीत दर्ता गरेपछि खसी देखिएका लिभरपुलका प्रशिक्षक र्योगेन क्लप दर्शकहरूको आगमनले भावुक पनि बने । ‘एनफिल्डमा दर्शकहरूलाई देख्दा म भावुक बने । उनीहरूले खेलाडीहरूका लागि गाउँदा मेरौ आङ नै जिरिङ्ग भयो,’ खेलपछि क्लपले बिबिसीसँग कुराकानी गर्दै भने ।
लिभरपुलको जीतमा मोहम्मद सलाह, जर्जिनो वाइनाल्डम र जोएल माटिपले एक–एक गोल गरे । अर्को गोल लिभरपुलले उपहार पायो । वुल्भसका फुलब्याक नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा चार गोलको अग्रता बनायो । जीतपछि लिभरपुल ११ खेलपछि २४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । समान अंक भए पनि टोटनहम गोल अन्तरमा लिगको पहिलो स्थानमा छ ।
लिभरपुल प्रशिक्षक क्लपले चाँडै एनफिल्ड भरिने आशा ब्यक्त गरे । गत फेबु्रअरीदेखि हामीले एनफिल्डमा दर्शकहरूलाई प्रवेश गर्न दिनसकेका थिएनौ । अहिले सानै संख्यामा भए पनि हामीले दर्शकलाई स्वागत दिन सकेउ । दर्शकको उपस्थितिमा खेल्दा भिन्दै मज्जा आउँछ । क्लपले भने ।
जर्मन प्रशिक्षक क्लपले वुल्भस बलियो टिम भएकोले आफूले फरक रणनीति बनाउनु परेको बताए । वुल्भसले प्रिमियर लिगका अरु टिमहरूको भन्दा भिन्न शैलीले खेल्छ । त्यसकारण हामीले फरक रणनीति बनाउन आवश्यक थियो । हामीले उनीहरूलाई बलियो तरिकाले ‘प्रेस’ ग-यौ । खेलाडीहरूले योजना अनुसार नै खेले,’ खेलपछि क्लपले खुसी ब्यक्त गरे ।
आइतबारको खेलमा पनि पहिलो रोजाइका एलिसनको अनुपस्थितिमा युवा गोलकिपर क्युभिन केलहरले मौका पाए । केलहरले प्रशिक्षक क्लपलाई निराश बनाएनन् । 'केलहरले परिपक्व खेल देखाए । बलसँग र बल बिना उनी उत्तिकै प्रभावशाली थिए । उनका लागि यो खेल यादगार रह्यो,' केलहरको प्रशंसा गर्दै क्लपले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया