खेलकुद

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनोको ह्याट्रिक, पोग्बाको चार असिस्ट

इकागज |
साउन ३०, २०७८ शनिबार १९:१६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को जित दर्ता गरेको छ । युनाइटेडलाई फराकिलो जित दिलाउन ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । उनले ३० औँ, ५४ औँ र ६० औँ मिनेटमा गोल गरे । 

विजयी टिमका लागि फ्रेड र म्यासन ग्रिनउडले एक-एक गोल थपे । लिड्सका लागि लुक एयलिङले एक गोल फर्काए । सिजनको पहिलो खेलमा युनाइटेडले फराकिलो जित हासिल गर्दा पउल पोग्बाको नाममा चार असिस्ट रह्यो । खेल सुरु भएको आधा घण्टापछि युनाइटेडले अग्रता लिँदा गोल ब्रुनोले गरेका थिए । उनका लागि पास पोग्बाले उपलब्ध गराएका थिए । 


दोस्रो हाफको ५२ औँ मिनेटमा ग्रिनउडले पोग्बाकै पासमा गोल गरे । त्यसको दुई मिनेटपछि बु्रनोले व्यक्तिगत दोस्रो गोल गर्दा पनि योगदान पोग्बाकै रह्यो । असिस्टको ह्याट्रिक गरिसकेका पोग्बाले ६८ औँ मिनेटमा फ्रेडको गोलका लागि पनि पास उपलब्ध गराए । 


Author

थप समाचार
x