खेलकुद

तालिबान काबुल फर्केपछि चिन्ता अफगानी क्रिकेटको

इकागज |
भदौ २, २०७८ बुधबार २०:१६ बजे

काठमाडौँ- अफगानिस्तानको शासन सत्ता अब तालिबानको हातमा पुगेको छ । करिब २० वर्षपछि काबुल फर्किएको तालिबानले अफगानी सरकार कसरी चलाउँछ भन्नेमो सबैको चासो छ । अनि डर पनि । यस्तोमा अफगानिस्तानको खेल जगतप्रति तालिबान कसरी प्रस्तुत हुन्छ भन्नेमा पनि कौतहुल छ । 

विशेषगरी अफगानी क्रिकेटप्रति तालिबान नकारात्मक नहोस् भन्‍नेमा सबैको चासो छ । यस्तै चासो व्यक्त गरेका छन्, लालचन्द राजपुतले । जो जुन, २०१६ देखि अगस्ट, २०१७ सम्म अफगानिस्तानको प्रशिक्षकका रुपमा रहेका थिए । राजपुत छँदै अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो । 


‘मलाई आशा छ, तालिबानले आफ्नो देशको क्रिकेटलाई समर्थन गर्नेछ । किनभने अफगानिस्तानको सबैभन्दा ठूलो खेल नै क्रिकेट हो । यो खेलले अफगानी नागरिकलाई खुशी दिएको छ । त्यहाँको पछिल्लो अवस्थाबारे मैल अफगानी क्रिकेटहरूसँग कुरा गरिरहेको छु । तालिबानले क्रिकेटलाई असर पुर्‍याउने छैन भन्‍नेमा उनीहरू ढुक्क छन्,’ लालचन्दले टाईम्स अफ इन्डियासँगको कुराकानीमा भनेका छन् । 

आउँदो टी–ट्वान्टी विश्वकपमा पनि अफगानिस्तानको सहभागिता नरोकिने बताइएको छ । अफगानी क्रिकेट टिमका मिडिया म्यानेजु हिकमत हसनले भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भनेका छन्, ‘हामी अवश्य पनि विश्वकपमा सहभागी हुनेछौँ । तयारी सुरु थर्न लागिएको छ । पहिलो चरणमा काबुलमै रहेका खेलाडीहरु अभ्यासका लागि उपस्थिीत हुनेछन् । हामी अस्ट्रेलिया र वेस्ट इन्डिज सहभागी हुने त्रिकोणत्मक श्रृंखला पनि खेल्नेछौँ । त्यसका लागि खेलस्थलको खोजी भइररहेको छ । श्रीलंका र मलेसियामा त्यो त्रिकोणत्मक श्रृंखला खेल्ने हो कि भन्‍नेमा पनि छलफल भइरहेको छ,’

हसनले पाकिस्तानसँग उसकै मैदानमा सिरिज खेल्न पनि अफगानिस्तान तयार रहेको जनाए । विश्वकप अघि अफगानिस्तानमा घरेलु टी–ट्वान्टी प्रतियोगिता आयोजना गर्ने योजना रहेको पनि उनले बताए । 
 


Author

थप समाचार
x