अफगानिस्तानमा तालिबान फर्केपछि न्युजिल्यान्डको पाकिस्तान भ्रमण संकटमा
काठमाडौँ- न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने तय भएको थियो । उसले रावलपिन्डीमा घरेलु टिमविरुद्ध तीन एक दिवशिय र पाँच टी–ट्वान्टी खेल्ने तालिका पनि बनाइएको छ । एक दिवशिय सेप्टेम्बर १७ बाट २१ सम्म र टी–ट्वान्टी सेप्टेम्बर २५ देखि अक्टोबर ३ सम्म हुने बताइएको छ ।
तर तालिबानले अफगानिस्तानको शासन सत्ता आफ्नो नियन्त्रणमा लिएपछि न्युजिल्यान्डको पाकिस्तान भ्रमण अन्योलमा छ । अफगानिस्तानको पछिल्लो अवस्थाले पाकिस्तानको सुरक्षा व्यवस्थामा समेत प्रभाव पार्ने निचोडमा पुग्दै न्युजिल्यान्डले पाकिस्तान भ्रमण गर्ने निर्णयमा पुर्नविचार गर्ने संकेत गरेको हो ।
‘अफगानिस्तानमा जे भइरहेको छ, यसले हामीलाई दुःखीत बनाएको छ । त्यहाँको अवस्थाले पाकिस्तानको सुरक्षा अवस्थालाई पनि फरक पार्छ कि भन्ने छ । हामी त्यहाँ सुरक्षित हुन्छौँ वा हुँदैनौ भन्ने बारे सबैको चासो छ,’ न्युजिल्यान्ड खेलाडी संघका अध्यक्ष हिथ मिल्सले भनेका छन्,‘ खेलाडीहरु समेतले पाकिस्तानको सुरक्षा अवस्थाबारे प्रश्न गरिरहेका छन् । यस विषयमा हामीले निर्णय लिन बाँकी छ ।’
नयाँ खबर के पनि छ भने, न्युजिल्यान्ड क्रिकेट संघका सुरक्षा विज्ञ रेग डिकासनले अर्को साता पाकिस्तान भ्रमण गर्ने र त्यहाँको सुरक्षा स्थितीबारे रिपोर्ट बुझाउनेछन् । त्यसपछि मात्रै, न्युजिल्यान्डले पाकिस्तान भ्रमण गर्ने वा नगर्ने भन्नेमा निर्णय लिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया