अस्ट्रेलियाले जित्यो भारतिवरुध्दको तेस्रो टी-२०
भारतविरुध्दको तेस्रो तथा अन्तिम टी-२० अष्ट्रेलियाले १२ रनले जितेको छ । तरपनि अष्ट्रेलियाले सिरिज २-१ ले गुमाएको छ । सिड्नीमा टस जितेर फिल्डिङ रोजेको भारतलाई घेरलु टोली अष्ट्रेलियाले १८७ रनको लक्ष्य दिएको थियो ।
अष्ट्रेलियाका लागि सबैभन्दा बढि मेथ्यु वेडले ८० रन बटुले । क्याप्टेन आरोन फिन्च २ बलमा खाता नखोलीकनै आउट भए । त्यस्तै स्मिथले २४ र ग्लेन म्याक्सवेले ५४ रन बनाए । भारतका बलर वासिंटन सुन्दरले २ र नटराजन र शार्दुल ठाकुरले १/१ विकेट लिए ।
१८७ रनको लक्षय लिएर मैदानमा आएको भारतले ७ विकेट गुमाउँदै एक सय ७४ रन मात्र बनाउन सक्यो । निकै खराव सुरुवात गरेको भारतले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । ७४ रनमा दोस्रो विकेट गुमाएको भारतले एक सय रन बनाउँदा तेस्रो विकेट गुमायो । तर मध्यक्रममा खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले हार्यो ।
भारतका लागि शिखर धवनले २८, सञ्जु सामसनले १०, हार्दिक पाण्ड्याले २० र कप्तान विराट कोहलीले ८५ रन बनाएका थिए । उनले ६१ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया