ओमान र अमेरिकासँग खेल्न कठिन छ : ज्ञानेन्द्र मल्ल
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुने बताएका छन् । टियू क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिजअघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिननै रहेको बताएका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । ओमान पछिल्लोसम्म लयमा रहेको र अमेरिका क्रिकेटकको ‘पावर हाउस’ बनेको उनको ठहर छ ।
सिरिजअघि नेपालले पपुवान्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ । सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छ । नेपाल क्रिकेट संघ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया