मेस्सी मेरो प्रतिद्वन्द्वी होइन : रोनाल्डो
काठमाडौं : क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा नहेरेको धारणा व्यक्त गरेका छन् । मंगलबार च्याम्पियन्स लिगमा युभेन्टसलाई बार्सिलोनाका विरुध्द जित दर्ता गर्न मद्दत गरेका रोनाल्डोले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘मेरो सम्बन्ध मेस्सीसँग सधै हार्दिक रहेको छ । विगत १२–१३ वर्षदेखि हामी विभिन्न महत्वपूर्ण अर्वाडका लागि प्रतिस्पर्धामा छौ । तर मैले उनलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा हेरिन,’ रोनाल्डोले भने, ‘ हामी कतिपय खेलहरूमा एकअर्काको विरुध्दमा हुन्छौ । उनी सधै आफ्नो टिमलाई जिताउन लागिपरिरहेका हुन्छन् । मेरो पनि उद्देश्य अफ्नो टिमका लागि राम्रो गर्ने हुन्छ । तर हामी दुबै जना एकहार्कलाई मित्रवत ब्यबहार गर्छौ,'
सञ्चारमाध्यम अनि फुटबल जगतले सधै बलिया खेलाडीहरूको प्रतिद्वन्द्विता खोजिरहने भएकाले आफू र मेस्सीलाई प्रतिद्वन्द्वीका रुपमा प्रस्तुत गरिएको रोनाल्डको भनाइ थियो ।
नौ सिजन ला लिगामा रियल म्याड्रिडबाट खेलेका रोनाल्डो गत सिजन मात्रै इटाली पुगेका हुन् । युभेन्टससँग पहिलो सिजनमै सिरी ए जितेका रोनाल्डोले यस सिजन पनि सोही प्रकारको लक्ष्य राखेका छन् । यता मेस्सीले भने संर्घषरत बार्सिलोनालाई गत सिजन लिग जिताउन असफल भए । जारी सिजनमा पनि बार्सिलोना कमजोर नै देखिएको छ ।
तर रोनाल्डो भने बार्सिलोना हाललाई कमजोर देखिए पनि पराजित गर्न सजिलो टिम नरहेको बताए । ‘जे जस्तो अवस्थामा रहेपनि बार्सिलोना भनेको बार्सिलोना नै हो । बार्सिलोनासँगको खेल कहिले पनि सजिलो हुदैन । त्यसकारण, यो जितमा हामी खुशी छौ,’ रोनाल्डोको भनाइ थियो ।
जारी सिरी ए सिजनमा युभेन्टसले एउटा खेल पनि हारेको छैन । तर १० खेलमा पाँचमा बराबरीमा सिमित भएकाले इटलियन च्याम्पियन अंक तालिकाको चौथौं स्थानमा छ । च्याम्पियन्स लिगको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेपछि युभेन्टसको ध्यान सिरी ए तिर सोझिएको छ । जहाँ आन्द्रेइ पिर्लोको नेतृत्वको टिमले आइतबार जेनोवाको सामना गर्दैछ ।
गोल डकमबाट
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया