दक्षिण अफ्रिकी क्रिकेट टिम १४ वर्षपछि पाकिस्तान जाने
काठमाडौं : दक्षिण अफ्रिकी क्रिकेट टिमले १४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बुधबार दक्षिण अफ्रिकी टोलीको भ्रमण तालिका सार्वजानिक गरेको हो ।
दक्षिण अफ्रिकाले घरेलु टिम पाकिस्तानसँग आइसीसी वल्र्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत दुई टेस्ट श्रृङ्खला र तीन टि–ट्वान्टी खेल खेल्नेछ । भ्रमणकारी टोली जनवरी १६ मा पाकिस्तान आइपुगेर पहिलो टेस्ट कराँचीको राष्ट्रिय रंगशालामा खेल्नेछ । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट जनवरी २६ देखि ३० सम्म हुनेछ । त्यसपछि दोस्रो टेस्ट खेल्न दक्षिण अफ्रिकी टिम रावलपिन्डी पुग्नेछ । दोस्रो टेस्ट फेब्रुअरी ४ देखि ८ सम्म खेलिनेछ ।
त्यस्तै, लाहोरको गद्दाफी रंगशालामा फेब्रुअरी ११, १२ र १३ मा टि-ट्वान्टी खेलहरु आयोजना गरिनेछ । टेस्ट र टि-ट्वान्टी खेलहरु खेल्न कराँची विमानस्थलमा आइपुग्ने दक्षिण अफ्रिकी टिमलाई आसोलेसनमा राखिनेछ । तर आइसोलेसनको अवधि कति रहने भन्ने केही खुलाइएको छैन् ।
दक्षिण अफ्रिका सन् २००७ पछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आउन लागेको हो । त्यसबेला दक्षिण अफ्रिकाले पाकिस्तानलाई कराँचीमा सम्पन्न टेस्टमा एक सय ६० रनले हराएको थियो । दुई टिमले सन् २०१० र २०१३ मा संयुक्त अरब इमिरेट्स (युएई) मा पनि टेस्ट श्रृङ्खला खेलेका थिए ।
सन् १९९५ यता, पाकिस्तान र दक्षिण अफ्रिकाले ११ टेस्ट श्रृङ्खला खलेका छन् । जसमध्ये, दक्षिण अफ्रिका सातमा विजय भएको छ । टि-ट्वान्टी श्रृङ्खलाको हकमा भने पाकिस्तानले दक्षिण अफ्रिकालाई पहिलो पटक आफ्नो भूमिमा स्वागत गर्दैछ ।
(पाकिस्तानी सञ्चार माध्यमहरूको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया