अल्मुताइरी भन्छन्, अब फुटबल राजनीतिले नै चलाओस्
काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले जिम्मेवारी त्याग्ने संकेत गरेका छन् । अल्मुताइरीले बुधबार फेसबुक स्टाटसमार्फत नेपाली टिमको जिम्मेवारी त्याग्ने संकेत गरेका हुन् ।
आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएकै दिन अल्मुताइरीले यस्तो संकेत गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बनाएको समितिले आफ्नो प्रतिवेदनमा अल्मुताइरीले साउन १० मा लेखेको स्टाटस हटाउनु पर्ने उल्लेख गरेको छ । अल्मुताइरीले स्टाटसमा आफूसँग नेम्वाङले निरन्तर ‘ड्रामा’ गरिरहेको आरोप लगाएका थिए ।
बुधबार साँझ अल्मुताइरीले नयाँ स्टाटस लेख्दै, ‘म बाहिरिन्छु, अब काम राजनीतिले नै गरोस’ भनेका छन् । उनको यो स्टाटस् समितिले बुझाएको प्रतिवेदनतर्फ लक्षित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया